बग्दादस्थित अमेरिकी दूतावासमा तीन वटा रकेट आक्रमण

माघ १३, २०७६ | ..

इराकको बग्दादस्थित अमेरिकी दूतावासमा तीन वटा रकेट आक्रमण भएको छ । एउटा रकेट दुतावासको चमेना गृहमा खसेको र अन्य दुई वटा त्यसको केही दुरीमा खसेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणमा परी कम्तीमा तीन जना घाइते भएका छन् ।

 पछिल्लो केही वर्ष यता अमेरिकी दुतावासमा भएको आक्रमणमा परी कर्मचारी नै घाइते भएको यो पहिलो घटना हो । आक्रमणको जिम्मा कुनै पनि समुहले नलिएपनि अमेरिकाले भने इरान समर्थित समुहले आक्रमण गरेको आरोप लगाएको छ । इराकी प्रधानमन्त्री एडेल अब्दुल माहदीले घटनाको निन्दा गर्दै इराकलाई रणभूमि नबनाउन आग्रह गर्नुभएको छ । 

अमेरिकी विदेशमन्त्रालयले इराक सरकारले कुटनीतिक नियोगको सुरक्षा गर्न नसकेको भन्दै आलोचना गरेको छ । यसैबीच अमेरिकी सेनाले तत्काल आफनो मुलुक छोड्नुपर्ने माग गर्दै इराकको राजधानी बगदादमा बृहत्त प्रदर्शन गरेको छ । इराकको शिया मुस्लिम धर्मगुरु मोक्तादा अल–सदरको आह्वानमा हजारौंैं प्रदर्शनकारी सडकमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । इरानको समर्थन प्राप्त लडाकु समूह पनि सो प्रदर्शनमा सहभागी भएको बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया