कोरोना भाइरसका कारण ८० जनाको मृत्यु

माघ १३, २०७६ | .,,

चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर ८० पुगेको छ । ३ हजार भन्दा बढी संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । रोग नियन्त्रणका लागि भन्दै नयाँ वर्षको उपलक्ष्यमा दिइएको विदा थप तीन बढाइएको छ ।

 कोरोना महामारीका कारण हुवेइ प्रान्तको वुहानमा शहरबजार सुनसान बनेका छन् भने यातायात ठप्प भएको छ । हुवेइमा मात्रै मृत्यु हुनेको संख्या ७६ पुगेको छ । चार जनाको चीनकै अन्य क्षेत्रमा मृत्यु भएको हो । विरामी मध्ये ३ सय जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ ।

 हुवेइमा रोग नियन्त्रणका लागि ५ लाख स्वास्थ्यकर्मी खटाइएको छ । रोग सरेको १४ दिन सम्म कुनै लक्षण नदेखिने भएकाले समेत नियन्त्रणमा चुनौती बढेको बताइएको छ । श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण सर्ने रोगको निश्चित उपचार र खोप समेत नभएकाले व्यक्तिगत सरसफाईमा ध्यान दिन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । 


प्रतिक्रिया