कोरोनाको कहर, १७ देशमा संक्रमण भेटियो, १०६ जनाको मृत्यु

माघ १४, २०७६ | काठमाडौं

चीनमा फैलिएको नोवल कोरोना भाइरसको प्रकोप १७ राष्ट्रमा फैलिएको छ । पछिल्लो पटक क्यानडामा पनि यो भाइरसबाट संक्रमित भेटिएको बीबीसीले जनाएको छ । हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु भएकाको संख्या १ सय ६ पुगिसकेको छ । ४ हजार भन्दा बढीमा यो भाइरसको संक्रमण पुष्टी भएको छ । चीन बाहेक अन्य मुलुकमा पनि यो भाइरसको संक्रमण भेटिएपनि मृत्यु भएकाहरु सबै चिनियाँ नागरिक मात्रै भएको बीबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय निकायका अनुसार चीन बाहिर कम्तीमा ४७ जनामा संक्रमण पुष्टि भएका छन् । नेपालसहित थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया र सिङ्गापुर, ताइवान, मलेसिया र दक्षिण कोरिया, फ्रान्स र जापा, भियतनाम, , क्यानडा, क्याम्बोडिया, श्रीलंका र जर्मनीमा पनि कोरोनाको संक्रमण भेटिएको छ । 


प्रतिक्रिया