चीनबाट विदेशी नागरिकको उद्धार गर्न सुरु

माघ १५, २०७६ | ..

चीनको वुहानमा रहेको सयौं विदेशी नागरिकको उद्धार गर्न थालिएको छ । रोगको संक्रमण नियन्त्रणको संकेत नदेखिएपछि जापान, अमेरिका र युरोपियन आयोगले सदस्य राष्ट्रका नागरिकलाई हवाइमार्फत उद्धार गरेको हो । चीनका राष्ट्रपति सि चिनफिङले भाइरसलाई राक्षसको संज्ञा दिनुएको छ । 

चीनले कोरोस भाइरसरुपी राक्षसलाई हराएर छाड्ने राष्ट्रपति सिको भनाई छ । विज्ञहरुले अबको दश दिनमा भाइरसले अझै भयावह रुप लिने आंशका गरेका छन् । चीनमा कोरोना भाइरसका कारण १ सय ३२ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ९ सय ७४ जना संक्रमित रहेको चिनियाँ स्वास्थ्य विभागले उल्लेख गरेको छ । 

अन्य १६ राष्ट्रमा यो भाइरस फैलिसकेको छ । यद्यपी चीनबाहेक अन्य राष्ट्रमा कसैको मृत्यु नभएको बीबीसीले उल्लेख गरेको छ । वुहानमा गैरकानुनी रुपमा भित्राइएको समुन्द्री खानाबाट कोरोना भाइरस फैलिएको विज्ञहरुको आंशका छ । 


प्रतिक्रिया