क्यारेबियन ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

माघ १५, २०७६ | ,,

क्यारेबियन क्षेत्रमा आज ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेकाका अनुसार जमैका, केम्यान आइल्याण्ड र क्युबाको बीचमा पर्ने क्यारेबियन क्षेत्रमा भूकम्प शक्तिशाली भूकम्प गएको हो । 

जमैकाको लुसियाबाट १२५ किलोमिटर उत्तर पश्चिममा केन्द्रविन्दु रहेको भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ । समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाले भौतिक एवं मानवीय क्षतिबारे केही जानकारी नआएको बीबीसीले उल्लेख गरेको छ । सो क्षेत्रमा रहेका केही कार्यालय तथा सर्वसाधारण समेतलाई मायामी र जमैकामा सारिएको बताइएको छ । भूकम्पसँगै प्यासिफिक सुनामी वार्निङ सेन्टर पीटीडब्ल्यूसीले सुनामीको चेतावनी दिएको थियो । 

यद्यपी सो चेतावनी टरिसकेको पीटीडब्ल्यूसीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।क्यारेबियन क्षेत्रमा आज ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेकाका अनुसार जमैका, केम्यान आइल्याण्ड र क्युबाको बीचमा पर्ने क्यारेबियन क्षेत्रमा भूकम्प शक्तिशाली भूकम्प गएको हो । जमैकाको लुसियाबाट १२५ किलोमिटर उत्तर पश्चिममा केन्द्रविन्दु रहेको भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ ।

 समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाले भौतिक एवं मानवीय क्षतिबारे केही जानकारी नआएको बीबीसीले उल्लेख गरेको छ । सो क्षेत्रमा रहेका केही कार्यालय तथा सर्वसाधारण समेतलाई मायामी र जमैकामा सारिएको बताइएको छ । भूकम्पसँगै प्यासिफिक सुनामी वार्निङ सेन्टर पीटीडब्ल्यूसीले सुनामीको चेतावनी दिएको थियो । यद्यपी सो चेतावनी टरिसकेको पीटीडब्ल्यूसीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया