जलवायू परिवर्तनको असर न्यूनिकरणका लागि १० अर्ब सहयोग

फाल्गुन ६, २०७६ | ..

जलवायू परिवर्तनका कारण पछिल्लो समय देखा परेको असर न्यूनिकरणका लागि अमेजनका अध्यक्ष जेफ बेजोसले दश अर्ब डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले वैज्ञानिकहरुको अनुसन्धानका लागि भन्दै सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । 

आफ्नो सम्पत्तिको ८ प्रतिशत रकम जलयावू परिवर्तनको असर न्यूनिकरणका उपायको खोजी र विनासका विरुद्ध लड्न खर्च गर्ने उहाँको भनाई उद्धृत गर्दै बीबीसील जनाएको छ । बेजोसले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आवहन गर्नुभएको छ । 


प्रतिक्रिया