अस्वस्थ जीवनशैली र जलवायू परिवर्तनका कारण बालबालिका जोखिममा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७६ | एजेन्सी

अस्वस्थ जीवनशैली र जलवायू परिवर्तनको असरका कारण बालबालिकाहरु उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वभारका नीति निर्मातालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

बालबालिकाको स्वस्थ पालनपोषण र उपयुक्त वातावरण निर्माणका लागि कुनै पनि मुलुकले योजना नबनाएका कारण जोखिम थप बढेको डब्लुएचओले जनाएको छ । जलवायू परिवर्तन र बजारी खानेकुरा खान प्रोत्साहन गर्ने हानिकारक विज्ञापनले बालबालिकामा नकरात्मक असर परिररहेको डब्लुएचओका विज्ञहरुले बताएका छन् । युनिसेफले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कार्बन उत्सर्जनको आधारमा समेत देशहरुलाई सूचीकरण गरिएको छ । 

पछिल्लो दुई दशकमा प्रगति थप पछाडी धकेलिएको भन्दै अध्ययनमा संलग्न ४० बालस्वास्थ्य विज्ञहरुले विश्वका सरकारहरुले योजनामा आमुल परिवर्तन गर्नुपर्ने जनाएका छन् । विश्वकै भविष्यको संरक्षण गर्नका लागि बाल स्वास्थ्य प्रतिको विश्वव्यापी दृष्टिकोणमा नै व्यापक परिवर्तन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया