अमेरिकामा ट्रम्पलाई पुन: जिताउन रुसको कसरत

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०७६ | एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोश्रो कार्यकालका लागि समेत जिताउन रुसले पहल थालेको अमेरिकी गुप्तचर एजन्सीहरुले दाबी गरेका छन् । 

आगामी नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पलाई पुन: जिताउन रुसले कसरत गरिरहेको भन्दै अमेरिकी संसदको गुप्तचर कमिटीलाई विभिन्न गुप्तचर एजेन्सीहरुले सचेत गराएका हुन् । छलफलमा ट्रम्पका समर्थकले भने चुनावमा कुनै हस्तक्षेप नगर्न रुसलाई राष्ट्रपतिले सचेत गराएको र त्यसको परिणामस्वरुप युरोपेली सम्बन्ध र सुरक्षा अझ सुदृढ भएको दाबी गरेका थिए ।

विपक्षी डेमोक्रेटले सो सूचनालाई आफूविरुद्ध प्रयोग गर्नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले भने आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना कार्यकारी गुप्तचर प्रमुख जोसेफ मागुईरेलाई बर्खास्त गर्नुभएको छ । 


प्रतिक्रिया