मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा राजीनामा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १२, २०७६ | एजेन्सी

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आज अचानक राजीनामा दिनुभएको छ । उहाँले मलेसियाका राजासमक्ष राजीनामा बुझाएको मलेसियाली सञ्चारमाध्यम द स्टारले जनाएको छ । 

९४ वर्षीय महाथिरले नयाँ गठबन्धनको सरकार बनाउन चाहेको र अनवर इब्राहिमलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नका लागि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीका रुपमा महाथिर मोहम्मदले सन् २०१८ को मेमा मलेसियाको सत्ता सम्हाल्नु भएको थियो । यसअघि सन् १९८१ देखि २००३ सम्म उहाँ मलेसियाका प्रधानमन्त्री बन्नु भएको थियो । 

महाथिरले राजीनामा दिए पनि उहाँको योजनाअनुरुप नयाँ सरकार बन्ने भने देखिएको छैन । महाथिरको मलेसियन युनाइटेड इन्डिजेनस पार्टीलाई सरकारमा समर्थन गरेको बर्सातु पार्टीले गठबन्धन तोडेको जनाएसँगै नयाँ सरकार गठनमा समस्या हुने देखिएको हो ।


प्रतिक्रिया