उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिशाइल प्रक्षेपण

चैत्र ८, २०७६

उत्तर कोरियाले छोटो दुरीका दुई ब्यालेस्टिक मिशाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तर कोरियाको प्योङयाङ प्रान्तबाट पूर्वी सामुन्द्रिक क्षेत्रमा आज विहान सो मिशाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

 उत्तरले यस महिनाको सुरुवातबाटै मिशाइल प्रक्षेपणमा तीव्रता दिएको बताइएको छ । अमेरिका र चीनले उत्तरका नेतासँग पटकपटक मिशाइल कार्यक्रम अन्त्य गर्नका लागि आग्रह गरेपनि उसले भने अटेर गर्दै आएको छ । 


प्रतिक्रिया