भारतमा थप उन्नाइस दिन लकडाउन

वैशाख २, २०७७ | नयाँदिल्ली

भारतमा थप उन्नाइस दिनका लागि लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान राष्ट्रका लागि सम्बोधन गर्दै ३ मेसम्म लकडाउन बढाउने घोषणा गर्नुभएको छ । गत २४ मार्चमा घोषणा गरिएको पहिलो चरणको लकडाउन आज मध्यराती सकिँदैछ । विभिन्न राज्यसँगको रायसुझावहरुलाई ध्यानमा राख्दै भारतमा लकडाउनलाई ३ मेसम्म बढाउने निर्णय गरिएको मोदीले बताउनुभयो ।

उहाँले लकडाउनलाई इमान्दारितापूर्वक लागू गर्न जनतालाई आग्रह समेत गर्नुभएको छ । मोदीले ज्येष्ठ नागरिकको ख्याल राख्न, सामाजिक दुरी कायम राख्न, रोग प्रतिरोधात्मक शक्ति बढाउने किसिमको खानपान र व्यायाम गर्न, स्वास्थ्य र सुरक्षाकर्मीलाई सहयोग पुर्‍याउन जनतासँग अपिल गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । यसअघि घोषित पहिलो चरणको २१ दिने लकडाउन आज सकिँदैछ ।

‘लकडाउनका कारण जनताको अप्ठ्यारा कसरी सम्बोधन गर्ने रु लकडाउनलाई निरन्तरता दिने नदिने लगायतका विषयमा राज्यहरुसँग निरन्तर छलफल गरियो । यो छलफलमा सबैको एउटा सुझाव रह्यो लकडाउनलाई बढाउनुपर्छ । सबै सुझावहरुलाई ध्यानमा राख्दै भारतमा लकडाउनलाई ३ मेसम्म बढाउने निर्णय गरिएको छ,’ मोदीले आफ्नो सम्बोधनमा भन्नुभयो ।

त्यसैगरी मोदीले दोस्रो चरणको लकडाउनमा केही खुकुलो हुने संकेत गर्नुभएको छ । उहाँले आगामी एक साताको अवस्थालाई विश्लेषण गर्दै स्थानीयस्तरमा लकडाउनलाई खुकुलो बनाउने र नबनाउने निर्णय लिइने पनि बताउनुभएको छ । ‘२० अप्रिलसम्म हर जिल्ला, हल टोल, हर राज्यलाई नजिकबाट हेरिनेछ । लकडाउनको पालना कसरी पालना गरिएको छ रु कोरोनाबाट कसरी ती क्षेत्रलाई बचाइएको छ रु त्यसको आधारमा निर्णय लिइनेछ’ मोदीले भन्नुभएको छ ।

जुन क्षेत्रले त्यसवधिमा लकडाउनको पूर्ण पालना गर्नेछन् त्यहाँ २० अप्रिलबाट केही अत्यावश्यक गतिविधिका लागि छुट दिइने मोदीले बताउनुभएको छ । ‘जो क्षेत्र यो अग्निपरीक्षामा सफल यहुकेछ, जसले आफ्नो क्षेत्रमा हटस्पट बढ्न दिँदैनन् ती क्षेत्रमा २० अप्रिलबाट केही अत्यावश्यक गतिविधिका लागि छुट दिइनेछ । त्यो छुट सशर्त हुनेछ । बाहिर निस्कन पाउने नियम निकै कडा हुनेछ’ मोदीले उल्लेख गर्नुभएको छ ।

यो छुटको निर्णय गरीबहरुको हितमा ध्यानमा राख्दै लिएको समेत मोदीले भन्नुभएको छ , ‘जो दैनिक कमाईमा निर्भर छन् उनीहरुलाइ लक्षित गरि यो छुट दिने व्यवस्था गरिएको हो’ उउहाँले भन्नुभयो, तर, यदि लकडाउनको नियम तोडिन्छ र त्यसले कोरोना संक्रमणको जोखिम बढाउँछ भने त्यो छुटलाई तत्कालै खारेज गरिने चेतावनी पनि उहाँले दिनुभएको छ । त्यही भएर लकडाउनका सम्बन्धमा लापरवाही नगर्न र अरुलाई पनि लापरवाही गर्न नदिन आह्वान गर्नुभएको छ । यससम्बन्धी विस्तृत कार्यविधि बुधबार सार्वजनिक गरिने समेत मोदीले बताउनुभएको छ । त्यसैगरी केन्द्र र राज्य सरकार मिलेर किसानलाई कमसेकम असर परोस् भन्नेमा पनि ध्यान दिइएको समेत उहाँले बताउनुभयो ।

मोदीले कोरोना संक्रमणलाई कुनै पनि हालतमा नयाँ क्षेत्रमा फैलिन नदिन गम्भीर बन्न पनि आह्वान गर्नुभएको छ । उहाँले स्थानीय स्तरमा एउटा पनि संक्रमण बढ्छ र कसैको मृत्यु हुन्छ भने त्यो चिन्ताको विषय हुनुपर्ने समेत बताएका छन् । ‘त्यही भएर पहिलेको भन्दा थप सतर्क बन्नुपर्नेहुन्छ । जुन स्थानलाई हटस्पट बनाउनुपर्ने छ, त्यस्ता ठाउँहरुका बारेमा पनि सजग बन्नुपर्ने अवस्था छ’ मोदीले भन्नुभयो। । मोदीले हटस्पटले चुनौती थप बढाउने भएकाले कसैलाई लकडाउनको पालनाका लागि लापरवाही नगर्न पनि अनुरोध गर्नुभएको छ । छ्न । त्यसैगरी उनले युवा वैज्ञानिकहरुलाई आह्वान गर्दै कोरोना १९ को भ्याक्सिनको अनुसन्धानमा जुट्न पनि आह्वान गर्नुभएको छ ।

साथै उहाँले दोस्रो चरणको लकडाउन सफल बनाउन सात कुरामा विशेष ध्यान पनि मोदीले आग्रह गर्नुभएको छ । जसअन्तर्गत सबैभन्दा पहिलो परिवारका जेष्ठसदस्यको विशेष ख्याल राख्न, लकडाउनको पूर्ण पालना गर्दै, सामाजिक दूरीको लक्ष्मण रेखालाई ख्याल गर्दै अनिवार्यरुपमा मास्क प्रयोग गर्न, आफ्नो प्रतिरोध क्षमता बढाउन, तातो पानी र कागती पानीको निरन्तर प्रयोग गर्न, कोरोना भाइरसको संक्रमणसम्बन्धी जनचेतना जगाउने सम्बन्धमा तयार पारिएका आरोग्य सेतु मोबाइल एप प्रयोग गर्न पनि मोदीले आग्रह गर्नुभएको छ । यस्तै सकेसम्म गरीब परिवारको रेखदेख गर्न र भोजनको व्यवस्था गर्नुका साथै आफ्ना कामदार र व्यवसायमा काम गर्नेहरुप्रति सम्वेदना देखाउन पनि मोदीले अनुरोध गर्नुभयो । साथै उहाले कोरोना भाइरसविरुद्धको लडाईंमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति सम्मान देखाउन र उनीहरुको मनोबल बढाउन पनि मोदीले आग्रह गर्नुभएको छ ।  


प्रतिक्रिया