साउदी अरेबियाले मूल्य अभिवृद्धि कर’ तीन गुणा बढाउने

वैशाख २९, २०७७ | काठमाडौँ

साउदी अरेबियाले मूल्य अभिवृद्धि कर’ तीन गुणा बढाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्र उकास्ने उद्देश्यसहित साउदी अरेबियाले कर बढाउने घोषणा गरेको हो ।

हाल ५ प्रतिशतमा सिमित भ्याट आगामी जुलाईदेखि १५ प्रतिशत कायम गरिने अर्थमन्त्री मोहम्मद अल–जादानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कोरोना भाइरसको महामारीको प्रभाव न्यूनिकरणका लागि कर वृद्धि बाध्यात्मक कदम भएको अर्थमन्त्री जादानले बताउनुभएको छ । यस्तै जुन १ देखि साउदी सरकारले दिँदै आएको भत्ता पनि रोकिने भएको छ ।

 महामारीका कारण तेलको मूल्यम गिरावट आएपछि साउदी अरेबियाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । पछिल्लो तीन महिनामा मात्रै साउदीले ९ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरेको बीबीसीले उल्ल्ेख गरेको छ । अर्थमन्त्री जादानले भन्नुभएको छ, खस्किएको अर्थतन्त्र उकास्नका लागि यो कदम दुखदायी तर निकै आवश्यक छ । 


प्रतिक्रिया