उच्च जोखिम माझ नै इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने

जेष्ठ ४, २०७७ | काठमाडौं

उच्च जोखिम माझ नै इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । यसअघि लकडाउन खुकुलो बनाएको सरकारले आगामी तीन जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो । अनुमानित जोखिमको आकंलन गरेर नै सो निर्णय लिइएको प्रधानमन्त्री ग्यूसेप कोन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरूबाट इटाली आउने जो कोहीलाई अनिवार्य दुई साता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताउनुभयो । 

 संक्रमणको जोखिम कम नभएपनि खोपको विकास हुने समयलाई कुरेर मात्रै बस्नु उचित नहुने प्रधानमन्त्री कोन्टेले बताउनुभयो । सरकारी घोषणा अनुसार १५ जुनदेखि फिल्म हल तथा २५ मेदेखि स्वीमिङ पुल र स्पोर्टस सेन्टर खोलिनेछ । यस्तै चार मे बाट उद्योग र पार्कहरु समेत खोलिने जनाइएको छ । यद्यपी सो क्रममा सामाजिक दुरीलाई अनिवार्य गरिने प्रधानमन्त्री कोन्टेले बताउनुभयो । यो समाचार तया पार्दासम्म इटालीमा कोरोना संक्रमणबाट ३१ हजार सात सय ६३ जनाको ज्यान गइसकेको छ । दुई लाख २४ हजार सात सय ६० जना संक्रमित छन् । इटाली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरूको सूचीमा रहेको छ । इटालीले गत फब्रुअरी बाटै लकडाउन घोषणा गरेको थियो । 


प्रतिक्रिया