हङकङमा राष्ट्रिय सुरक्षा नीतिको विरोधमा प्रर्दशन, प्रहरीद्वारा टियर ग्यास प्रहार

जेष्ठ ११, २०७७ | काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच हङकङमा राष्ट्रिय सुरक्षा नीतिलाई लिएर बृहत प्रर्दशन भएको छ । चीनको राष्ट्रिय सुरक्षा नीति हङकङमा पनि प्रत्यक्ष लागू गर्न लागिए पछि प्रजातन्त्र पक्षधरहरु प्रर्दशनमा उत्रिएका हुन् । 

हङकङमा लकडाउनका सुरु भए यताकै सबै भन्दा ठूलो प्रर्दशन भएको बताइएको छ । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले टिएर ग्यास समेत प्रहार गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

शहरमा ओईरिएका प्रर्दशनकारीले हाम्रो समयमा क्रान्ति, स्वतन्त्र हङकङ, स्वतन्त्रताका लागि संघर्ष जस्ता नारा लगाएका थिए । हङकको स्वतन्त्रता नै एक मात्रै विकल्प भएको प्रर्दशनकारीको भनाई छ । 


प्रतिक्रिया