भारतमा २ महिनापछि आन्तरिक हवाई सेवा सञ्चालन

जेष्ठ १२, २०७७ | नयाँ दिल्ली

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहे पनि भारतमा करीब दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा आजदेखि सञ्चालन भएको छ । तर, पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले भने केही दिन पछि उडान खुल्ला गर्ने भएका छन् ।

भारतमा कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । तर, कोरोना क्रमण फैलने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि त्यसलाई शुरु गर्ने निर्णय गरिएको हो । 

भारतमा आज बिहानसम्म १ लाख ३८ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ४ हजार भन्दा बढीले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । र, पछिल्ला केही दिनयता संक्रमणमा तिब्र बृद्धि भइरहेको छ ।

हाललाई केही सिमित उडानहरु मात्र सन्चालन हुने भएका छ्न । जस्तै महाराष्ट्र सरकारले मुम्बईबाट अवतरण र उड्न गरेर दैनिक ५० उडान सन्चालन गर्ने भएको छ भने दक्षिण भारतीय शहर हैदरावादले दैनिक ३० उडान मात्र गर्ने भएको छ ।

उडानका लागि आवश्यक दिग्दर्शन पनि जारी गरिएको छ । भारतको गृहमन्त्रालयद्धारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरुले दुई घन्टा अगावै एअरपोर्ट पुग्नुपर्ने छ भने काउन्टर चेकइन नगरेर अनलाइनबाट हुनेछ । साथै उडानका क्रममा खाना/नास्ता र पत्रिपत्रिका उपलब्ध दिइने छैन । 

सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । त्यसैगरी उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिगं पनि हुनेछ । साथै कोरोना भाइरसको संक्रमणको लक्षण नदिएका यात्रुहरुलाई घरमै १४ दिनको क्वरन्टाइनमा बस्न भनिएको छ ।

सँगै गृह मन्त्रालयले राज्य तथा केन्द्रशासित सरकारलाई आफू अनुकूल मापदण्ड बनाउन पनि छुट दिएको छ । त्यहीअनुसार कतिपय राज्य तथा केन्द्रशासित सरकारले कोरोना संक्रमणको जोखिम गर्न भन्दै यात्रुहरुका लागि विभिन्न मापदण्डहरु पनि बनाएका छन् । एघार वटा राज्य तथा केन्द्रशासित प्रदेश सरकारले हवाई यात्रुहरुका लागि क्वरन्टाइन अनिवार्य गरेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि पनि तयारी शुरु गरिएको छ । उडान शुचारु गर्ने मिति तय नभए पनि भारतीय सन्चारमाध्यमहरुले १ अगष्टदेखि अन्तर्राष्ट्रिय उडान नियमित हुने उल्ल्ेख गरेका छन् । र, त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएको छ । जसअनुसार यात्रुहरुले अनिवार्यरुपमा १४ दिन क्वरान्टाइन बस्नै पर्ने छ । 

सात दिन सरकारले तोकेको कुनै क्वरन्टाइन सेन्टर र बाँकी सात दिन घरमै क्वरन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । क्वरन्टाइन सेन्टरमा बसेको खर्च यात्रु आफैले व्यहोर्नुपर्नेछ । तर, गर्भवती, गम्भीर विरामी, परिवारमा यदि कसैको निधन भएको अवस्थामा र दश वर्षभन्दा मुनिका छोराछोरीका बुबाआमाका लागि भने घरमै क्वरन्टाइनमा बस्ने सुविधा दिइएको छ । 


प्रतिक्रिया