अफ्गान सरकारद्वारा २ हजार तालेवान कैदी रिहा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १२, २०७७ | एजेन्सी

शान्ति वार्ताको पहलस्वरुप अफ्गानिस्तान सरकारले पहिलो चरणमा २ हजार तालिबान कैदीलाई रिहा गरेको छ । अफ्गानिस्तान सरकारले इश्लामिक अतिवादी सशस्त्र समुह तालिबान सँगको शान्तिवार्ता प्रति प्रतिबद्ध रहेको सन्देश दिनका लागी कैदी रिहा गरेको हो ।

 अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले आगामी चरणका वार्ताका लागी तयार रहेको बताउनुभएको छ । तालिबानले युद्धविरामको घोषणा गरेसँगै राष्ट्रपति घानीले २ हजार कैदी रिहाको निर्णय गर्नुभएको हो । तालिवानसँगको आगामी वार्ताका लागी कैदी रिहालाई मुख्य मुद्धा बनाइएको थियो । 

तालिवानले समेत सरकार पक्षीय १ हजार जनालाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । १८ वर्षको देखी गृहयुद्धमा फसेको अफ्गानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको सम्झौता अब कार्यान्वयन हुने आशा गरिएको छ । यसै महिना ५ हजार अमेरिकि सेना अफ्गानिस्तानबाट बाहिरिदैछन् । १४ महिनाको समयमा सबै विदेशी फौज बाहिरिने सहमती यसअघि नै भईसकेको छ । 


प्रतिक्रिया