हङकङको बिषयमा अमेरिकासँग बेईजिङ थप रुष्ट

जेष्ठ १२, २०७७ | एजेन्सी

स्वायत्त राज्य हङकङलाई समेत समेट्ने गरी चीनले ल्याएको सुरक्षासम्बन्धी नयाँ कानूनविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसको कडा जवाफ दिने बेइजिङले चेतावनी दिएको छ । 

नयाँ राष्ट्रिय सुरक्षा विधेयकलाई लिएर वासिङ्गटनले चीनविरुद्ध थप नाकाबन्दी लगाउने वासिङटनको तयारीपछि चीनले यस्तो चेतावनी दिएको हो । चीनका विदेश मन्त्रालयका प्रबक्ता झाओ लिजियानले अमेरिकाले चीनको राष्ट्रिय सुरक्षामाथि खतरा पुर्‍याउनखोजेको आरोप लगाउनुभयो । 

नयाँ सुरक्षा नीतिमा हङकङले आफ्नो सुरक्षा व्यवस्थामा सुधार गर्नुपर्ने र आवश्यक परेको खण्डमा मुख्यभूमी चीन सुरक्षा एजेन्सीहरु स्थापना गर्न सक्ने उल्लेख छ । 


प्रतिक्रिया