अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा फ्याक्ट चेक लेबल

जेष्ठ १४, २०७७

– माइक्रोब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई पहिलो पटक फ्याक्ट चेक लेबल लगाइ दिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालले ठग्ने र जालसाजी बाहेक केही नगर्ने भन्दै ट्वीट गरेपछि ट्वीटरले चेतावनी लेबल लगाएको बीबीसीले उल्लेख गरेको छ । 

ट्वीटरले यसै महिनादेखि भ्रमपूर्ण समाचारलाई चेतावनी लेबल राख्ने नयाँ नीति अघि सारेको छ । चेतावनी लेबलपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालले स्वतन्त्र बोलीलाई दबाउन खोजेको आरोप समेत लगाउनु भएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया