अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १५, २०७७ | एजेन्सी

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । जोन हप्कीन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वका संक्रमितमध्ये ३० प्रतिशत अमेरिकामा मात्रै छन् । 

अमेरिकामा १६ लाख ९८ हजार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा गत जनवरी २१ मा पहिलोपटक संक्रमण देखिएको थियो । विश्वभर हालसम्म ५६ लाख ८५ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख ५४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । 

पछिल्लो समय संक्रमणको अत्याधिक बढेको ब्राजिलमा मृत्यु हुनेको संख्या २५ हजार ५ सय ९८ पुगेको छ । त्यहाँ ४ लाख ११ हजार ८ सय २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । ब्राजिलमा सरकारले प्रतिबन्धहरु केही खुकुलो बनाउँदा संक्रमणको दर अत्याधिक बढेको हो । 

मध्यपूर्वका मुलुकहरुमा पनि भाइरस संक्रमण संख्या २ लाख नाघेको छ । कतार, कुवेत, साउदी अरब, युएइ, बहराइन, ओमानमा कुल २ लाख संक्रमण भेटिएको छ । साउदी अरब र युएइले प्रतिबन्धहरु भने फुकुवा गरिरहेका छन् । 


प्रतिक्रिया