प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकामा नेशनल गार्ड परिचालन

जेष्ठ १८, २०७७ | एजेन्सी

मिनियापोलिसमा अफ्रिकीमुलका अमेरिकी नागरिकको हत्या प्रकरणमा सुरु भएको हिंसा नियन्त्रणका लागि अमेरिकी नेशनल गार्ड परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी ढाँचाको नेशनल गार्डलाई दोश्रो विश्व युद्धपछि पहिलो पटक अमेरिकामा परिचालन गरिएको रोयटर्सले उल्लेख गरेको छ । पहिलो चरणमा त्यहाँ १३ हजार नेशनल गार्ड परिचालन भएको छ । नियन्त्रणमै रहेका ती ब्यक्तिको घाँटी थिचेर एक प्रहरी अधिकारीले हत्या गरेको भिडियो इन्टरनेटमा भाइरल भएपछि घटनाको विरोध सुरु भएको हो । 

मिनियापोलिस बाहेक न्युयोर्क, एटलान्टा, वासिङटनमा प्रहरी र प्रदर्शनकारीबीच झडपका घटना भएका छन् । मिनियापोलिसमा प्रदर्शन हिंसात्मक बन्दै गएको छ । स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै अमेरिकी रक्षा मन्त्रालयले सेनालाई समेत तयारी अवस्थामा राखेको जनाएको छ ।

नश्लभेदी सरकारी चरित्रका कारण घटना भएको आरोप लगाउँदै अफ्रिकी अमेरिकी समुदाय आन्दोलीत बनेको हो ।  


प्रतिक्रिया