विश्वभर कोरोना संक्रमितको संख्या ६१ लाख

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७७ | एजेन्सी

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६१ लाख पुगेको छ । ३ लाख ६९ हजार ९ सय जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

अमेरिकामा संक्रमण हुनेको दरमा केही कमि आएपनि हालसम्म १७ लाख ७३ हजार बढीमा संक्रमण देखिएको छ भने १ लाख ३ हजार ८ सय ५३ जनाले ज्यान गुमाएका छन् । कुल २५ लाख ८९ हजार १ सय ८ जनामा भने कोरोना संक्रमण निको भएको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

रुसमा संक्रमण हुनेको संख्या ४ लाख नाघेको छ । त्यहाँ कुल ४ हजार ६ सय ९३ जनामा संक्रमण भेटिको छ । चीनमा दुई वटा नयाँ कोरोना भाइरस संक्रमण देखीएपछि कडा निगरानी र परिक्षण सुरु भएको छ । जर्मनीबाट आएको एक चार्टड जहाजमा चार जना लक्षण विनाका संक्रमीत भेटिको चिनिया अधिकारीले दाबी गरेको छ । 

श्रीलंकामा भाइरस संक्रमणका कारण रोकिएको क्रिकेट प्रशिक्षण पुन सुरु हुने भएको छ । इजरेलको जेरुसेलममा रहेको अल अस्का मस्जिद दुई महिना पछि खुलेको छ । मुसिलमहरुका लागी मक्का र मदिना पछि महत्वपूर्ण तिर्थस्थल मानिने मस्जिद प्रवेशका लागी केही नियमको भने पालना गर्नुपर्नेछ ।

युरोपियन युनियनले आफुलाई एक्लाउने प्रयास गरे संगठन नै धरासायी हुने इटालीले चेतावनी दिएको छ । कोरोना भाइरसको केन्द्रविन्दु बनेको इटालीले आफ्ना जनता माथि यात्रा प्रतिबन्ध लगाएको प्रति तिव्र असन्तुष्टि ब्यक्त गरेको छ । लकडाउन पछि सिमा खुलाउने विषयमा समेत आफ्नो मुलुकमाथि युरोपियन युनियनको भावना विपरितको कार्य भैरहेको प्रति इटालीले आपत्ति जनाएको छ ।


प्रतिक्रिया