आन्तरिक सीमा नाका खोल : युरोपेली आयोग

जेष्ठ २३, २०७७

– युरोपेली आयोगले सीमामा लगाइएको प्रतिबन्ध यसै महिनाको अन्त्यसम्म आन्तरिक रुपमा खोल्न इयु आवद्ध सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ । साथै युरोपियन युनियन आवद्ध राष्ट्रहरुमा पासपोर्ट बिनै यात्राको अनुमित दिन पनि आयोगको आग्रह छ । 

युरोपियन आयोगका गृह मामिला आयुक्त इभा जोनसनले कोरोना भाइरस संक्रमणको दर तिब्र रुपमा सुधार भइरहेकाले आन्तरिक सीमा प्रतिबन्ध हटाउने समय यसै महिनाको अन्त्यसम्ममा उपयुक्त देखिएको बताउनुभएको हो । 

इयु सदस्य राष्ट्रहरुले सीमा प्रतिबन्ध पहिले देखि नै खु्कुलो पारेकोमा पनि आयुक्त जोनसनले खुशी व्यक्त गर्नुभएको छ । यसअघि नै केही युरोपेली मुलुकहरुले आन्तरिक प्रतिबन्धहरु खुकुलो बनाउदैं लगेको र केहीले सीमा नाकाहरु समेत खुल्ला गरेको बीबीसीले उल्लेख गरेको छ । इयुले अन्र्तराष्ट्रिय सीमा नाकाहरु खोल्ने विषयमा भने कुनै संकेत भने गरेको छैन ।


प्रतिक्रिया