कोरोना संक्रमणबाट विश्वभर झण्डै ४ लाखको मृत्यु

जेष्ठ २३, २०७७

– विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख ३९ हजार पुगेको छ । संक्रमणकै कारण हालसम्म ३ लाख ९१ हजार २ सय ६१ जनाको मृत्यु भइसेकेको अमेरिकाको जोन्स् हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । २८ लाख ७२ हजार बढी मानिस भने कोरोना जितेर घर फर्किएका छन् । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १८ लाख ७२ हजार ६ सय ६० पुगेको छ भने १ लाख ८ हजार २ सय ११ जनाको मृत्यु भइसेकेको छ । ४ लाख ८५ हजार मानिस भने संक्रमणमुक्त भएका छन् । 

अमेरिकापछि ब्राजिलमा संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा संक्रमणका कारण ६ हजार ३ सय ६३ जनाले ज्यान गुमाएका छन् भने २ लाख २६ हजार ७ सय ७० संक्रमित भेटिएको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ । 


प्रतिक्रिया