कोरोना भाइरसको लडाईंमा नेतृत्वको कमी सबैभन्दा ठूलो खतरा : डब्लुएचओ

असार ९, २०७७

– विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वब्यापी बनेको कोरोना भाइरसको लडाईंमा नेतृत्वको कमी सबैभन्दा ठूलो खतरा रहेको उल्लेख गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस् अदानम ग्रेब्रेयसुसले ब्राजिल र भारतमा तीव्र गतिमा बढीरहेको कोरोना भाइरसको प्रकोपले विश्वमै प्रभाव पारेको उल्लेख गर्नु भएको बीबीसीले जनाएको छ । यसको प्रभाव दशकौंसम्म रहने पनि उहाँले उल्लेख गर्नु भएको छ । 

पछिल्लो २४ घण्टामा विश्व्मा एक लाख ८३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै २४ घण्टामा एक लाख १६ हजार नयाँ केस पुष्टि भएको अल जजीराले उल्लेख गरेको छ । कोरोना संक्रमणका कारण विश्वभर ४ लाख ७० बढीले ज्यान गुमाइसकेका छन् । ९० लाख ६२ हजार ८ सय ३७ जना संक्रमित भएको जोन्स् हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया