जुनमा अमेरिकामा ४८ लाख नयाँ अवसर

असार १९, २०७७ | एजेन्सी

कोरोना भाइरसका कारण बेरोजगारीको दर तिव्र बनेको अमेरिकामा जुन महिनामा मात्रै ४८ लाख नयाँ अवसर सृजना भएका छन् । अमेरिकाको श्रम विभागले जारी गरेको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा यति धेरै जागिर सृजना भएको हो । 

अमेरिकामा एकै महिनामा ४८ लाख नयाँ रोगजारी पछिल्लो समय सन् १९३९ मा भएको थियो । कारखाना र रेष्टुरेन्टहरु पुन खुलेपछि नयाँ रोजगारीको अवसर धेरै भएको हो । गत मे महिनामा केही राज्यले लकडाउन खुलाउने निर्णय पछि २५ लाखले रोजगारी पाएका थिए । 

कोभिड १९ का विरामीको संख्या वृद्धि भैरहेकाले अबको रणनीतिका आधारमा अमेरिकी श्रम बजारको प्रकृति परिवर्तन हुन सक्नेछ । रोजगारीका अवसर श्रृजना हुनुले नयाँ अवसर खुलेपछि १३ लाख मानिसले जुन महिनामा जागिर गुमाएको पनि अमेरिकी श्रम विभागले उल्लेख गरेको छ ।    


प्रतिक्रिया