अमेरिकामा एकै दिन कोरोनाका ५० हजार नयाँ बिरामी थपिए

असार १९, २०७७ | एजेन्सी

अमेरिकामा एकै दिन कोरोना भाइरसका ५० हजार नयाँ संक्रमित पुष्टि भएका छन् । ५० मध्ये अमेरिकाका ४० वटा राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । 

३६ वटा राज्यले परिक्षण दर बढाएका कारण पनि संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अमेरिकीले अनुहारमा मास्क नलगाएको तथा सामाजिक दुरी कायम नगर्दा संक्रमण अत्याधिक बढेको निष्कर्ष निकालिएको छ । 

अमेरिकामा कुल २७ लाख ३५ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख २८ हजार ६ सय ७७ छ । अमेरिका पछि ब्राजिलमा १४ लाख ८४ हजार, रुसमा ६ लाख ६० हजारमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमितको संख्यामा चौथो स्थानमा रहेको भारतमा ६ लाख ४ हजारमा संक्रमण पुष्टि भएको छ ।

हाल विश्वभर १ करोड ८ लाख १५ हजार १ सय १७ जनामा संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्व विद्यालयको तथ्यांकले देखाएको छ । विश्वभर ५ लाख १९ हजार ५ सय ७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 


प्रतिक्रिया