डब्लुएचओले कोभिड १९ का लागि मलेरिया र एचआइभीविरुद्धका औषधिको परीक्षण रोक्ने

असार २१, २०७७ | एजेन्सी

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोभिड १९ का लागि प्रयोग गर्न मलेरिया र एचआइभीविरुद्धका औषधिमाथि भइरहेको परीक्षण प्रयास तत्कालका लागि स्थगित गरेको छ ।

डब्लुएचओले मलेरियाको औषधि हाड्रोक्सी क्लोरोक्विन र एचआइभीको औषधि लोपीनाभिर अस्पताल भर्ना गर्नु परेका कोरोना भाइरसका विरामीमा प्रयोग गर्ने भन्दै अनुसन्धान सुरु गरेको थियो । सो औषधि विरामीको ज्यान जोगाउन प्रयोग गर्ने योजना डब्लुएचओको भएपनि तत्काल परीक्षण अघि नबढाउने निष्कर्षमा पुगेको हो । 

एकै दिन विश्वभर २ लाखमा संक्रमण देखिएपछि डब्लुएचओले चिन्ता ब्यक्त गरेको रोयटर्सले उल्लेख गरेको छ । अमेरिकामा मात्रै विगत ४ दिन देखि हरेक दिन ५० हजार माथि संक्रमण पुष्टि भएको छ । हाल कोभिड १९ विरुद्धको खोपका लागि १८ वटा अनुसन्धान भैरहेको छ । 

जसमार्फत १ सय ५० भन्दा बढी उपचार विधिको अध्ययन भैरहेको छ । डब्लुएचओले सन् २०२० को अन्त्य वा कुनै पनि समयमा खोपको आविस्कार हुने भविष्यवाणी गर्नु मुर्खता हुने जनाएको छ ।


प्रतिक्रिया