अमेरिकासँग तत्काल वार्ताको कुनै योजना छैन : उत्तर कोरिया

असार २१, २०७७ | एजेन्सी

अमेरिकासँग तत्काल आणविक वार्ता सम्बन्धी कुनै योजना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । अमेरिकाले आगामि राष्ट्रपतीय निर्वाचन अघि अक्टोबरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने रणनिति बनाएको दाबी गरेपनि उत्तरले सो समाचारको खण्डन गरेको हो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा उत्तर कोरियासँग भैरहेको वार्ता प्रयासका विवरण प्रस्तुत गरिएको छ । राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्ने योजना अन्तर्गत वार्ताको तयारी भैरहेको बोल्टनले दाबी गर्नुभएको थियो । 

अमेरिकाले प्योङयाङ विरुद्ध शत्रुतापूर्ण ब्यवहार कायमै राखे कुनै वार्ता हुन नसक्ने उत्तर कोरियाले बताएको छ । उत्तर कोरियालाई अमेरिकाले आन्तरिक राजनितिक रणनितिका रुपमा मात्रै प्रयोग गरेको प्योङयाङले आरोप लगाएको छ ।   


प्रतिक्रिया