'सन् २०२० को अन्त्यसम्ममा खोप आविस्कार भइसक्ने ट्रम्प्को भनाई बैज्ञानिक छैन'

असार २२, २०७७ | एजेन्सी

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसको खोप आविस्कार भैसक्ने भनि गरेको भविष्यवाणीमा कुनै सत्यता नभएको अमेरिकी औषधि नियामक निकायले बताएको छ । अमेरिकी खाद्य तथा औषधि केन्द्रका प्रमुख डा. स्टेफन हानले खोप कहिलेसम्म बन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । 

खोप आविस्कारका लागी तथ्याक र विज्ञान आवश्यक हुने डा. हानको भनाई छ । अमेरिकामा हालसम्म विश्वमा सर्वाधिक २८ लाख ७६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मात्रै १ लाख २९ हजार ८ सय ९१ ले ज्यान गुमाएका छन् । विश्वभर १ करोड १३ लाख ९८ हजार ५ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३ सय ४३ पुगेको छ ।

स्पेनको उत्तर पश्चिम ग्लासिया क्षेत्रमा कोरोना भाइरसको पछिल्लो संक्रमण संख्याका कारण यात्रा प्रतिबन्ध लगाइएको छ । त्यस क्षेत्रमा बस्ने ७० हजार मानिसलाई आफ्नो स्थानबाट बाहिर जान वा बाहिर बाट ग्लासिया जान प्रतिबन्ध लगाइएको हो । 

क्याटलोनियाले समेत सोही प्रकारको प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ । स्पेनको संक्रमणको दरलाई राष्ट्रिय स्तरका तथ्यांकमा नियन्त्रणमा आएको देखिएपनि सिमीत केही क्षेत्रमा पछिल्लो समय संक्रमणको दर उच्च देखिएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया