बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोना भाइरसबाट संक्रमित

तस्बिर : रोयटर्स 

असार २६, २०७७ | काठमाडौं

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । कोरोनाबाट संक्रमित हुने उहाँ लैटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ । यसअघि ब्राजिलि राष्ट्रपति जायर बोल्सेनारो र होन्डुरसका राष्ट्रपति जुआन ओरलाण्डो हर्नान्डिजमा पनि संक्रमण पुष्टी भएको थियो । 

सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू कोरोना भाइरसबाट संक्रमित भएको र १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने जानकारी गराउनुभएको छ । ट्वीटरमा एक भिडियो सार्वजनिक गर्नुहुँदै उहाँले कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि आफूले पनि परीक्षण गराएकोमा संक्रमण फेला परेको जानकारी दिनुभएको हो । पछिल्ला दिनमा बोलिभिया सरकारका चार जना शिर्ष अधिकारीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।


प्रतिक्रिया