ट्रम्पद्वारा पूर्व सल्लाहाकार रोजर स्टोनको जेल सजाय कटौती

असार २७, २०७७ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय कटौती गरीदिनुभएको छ । वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समयपछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो । 

 अमेरिकी कंग्रेस समक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्‍याइएको थियो । सन् २०१६ मा ट्रम्पको चुनावी अभियानमा रुससंगको संलग्नताबारेमा भएको अनुसन्धानमा उनी पनि दोषी पाइएका थिए ।  


प्रतिक्रिया