इजरायलमा सरकारविरुद्ध प्रदर्शन

असार २८, २०७७ | काठमाडौं

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारी नीति प्रभावकारी नभएको भन्दै इजरायलमा सयौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । सरकारी नीतिका कारण मुलुकका आर्थिक मन्दी बढेको भन्दै सयौं मानिस सडकमा निस्किएर विरोध गरेका हुन् । 

 विरोध प्रदर्शनमा कलाकार , विभिन्न पेशाकर्मी एवं व्यवसायीहरु सहभागि भएको बीबीसीले उल्लेख गरेको छ । सरकारले ल्याएको संक्रमण नियन्त्रण र राहत वितरणको नीति प्रभावकारी नभएको र राहत प्राप्तीमा भइरहेको ढिलाईले सर्वसाधारण प्रभावित भइरहेको भन्दै तेल अविवस्थित रविन स्क्वायरमा सयौंको संख्यामा मानिसहरु जम्मा भई विरोध गरेको बीबीसीले जनाएको छ । 

 सरकारले ल्याएको राहतको नीतिले जनताको जीविकोपार्जन दिन प्रतिदिन कठिन बन्दै गएको उनीहरुको आरोप छ । 


प्रतिक्रिया