स्पेन घुम्न नजाऊ : जर्मनी

श्रावण १३, २०७७ | काठमाडौ

कोरोना संक्रमण पुन: बढ्न थालेपछि जर्मनीले स्पेनको यात्रा नर्गन आग्रह गरेको छ । जर्मनीको विदेश मन्त्रालयले आज स्पेनका विभिन्न तीन क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको अलजजिराले जनाएको छ । 

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरकारले अरगन, क्याटालोनिया र नाभारामा कोरोना संक्रमणको दर उच्च रहेको र लकडाउन समेत जारी गरिएको अवस्थामा ती क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको अलजजिराले जनाएको छ । स्पेनी अधिकारीले अधिकांश क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेको दाबी गरेपनि केही दिनयता बढीरहेको संक्रमण दरले जर्मनी संशंकित बनेको हो । 

स्पेनमा हालसम्म ३ लाख २५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने २८ हजार बढीको ज्यान गएको छ । उता जर्मनीमा संक्रमितको संख्या २ लाख ७४ हजार बढी पुगेको छ भने मृत्यु हुने ९ हजार २ सय भन्दा बढी रहेका छन् ।  


प्रतिक्रिया