मुम्बईको झुप्रा–झुप्रीमा बस्ने आधाभन्दा बढी कोरोना संक्रमित

श्रावण १४, २०७७ | काठमाडौं

भारत मुम्बईको झुप्रा–झुप्रीमा बसोबास गर्ने आधाभन्दा बढी जनसंख्या कोरोना भाइरस संक्रमित रहेको एक अध्ययन सार्वजनिक भएको छ । 

झण्डै २ करोड जनसंख्या रहेको मुम्बईको ४० प्रतिशत आवादी सो वस्तीमा बसोबास गर्ने गर्छ । 

मुम्बईको शहरी आयोगले गरेको अध्ययन अनुसार ६ हजार ९ सय ३६ जनाको नमूना परीक्षणका क्रममा ५७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४८ हजार ५ सय १३ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय ६८ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । 

भारतमा अहिलेसम्म १५ लाख ३५ हजार ५ सय १६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमणकै कारण मृत्यु हुने ३४ हजार २ सय ५४ पुगेका छन् ।

यसैबीच विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ करोड ६९ लाख २४ हजार ४ सय ७९ जना संक्रमित भएका छन् । भने ६ लाख ६४ हजार २ सय २६ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया