जर्मनीबाट १२ हजार अमेरिकी सैनिक फिर्ता हुने

श्रावण १५, २०७७ | एजेन्सी

अमेरिकाले जर्मनीमा तैनाथ १२ हजार आफ्ना सैनिक फिर्ता लैजाने भएको छ । जसमध्ये ६ हजार ४ सय अमेरिका नै फर्कनेछन् भने अन्यलाई उत्तर एट्लान्टिक सन्धी संगठन नेटो आवद्ध अन्य मुलुकमा पठाईने ह्वाइट हाउसले जनाएको छ ।

नेटो प्रतिरक्षा खर्चको लक्ष्य भेट्न जर्मनी असफल भएकाले त्यहाँबाट सैनिक फिर्ता लिने निर्णय गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । सरकारको निर्णयका कारण रुस उत्साहित हुने भन्दै सेना फिर्ताको निर्णयमा अमेरिकि संसदमा भने चर्काे विरोध भैरहेको छ । 

सेना फिर्तीको विषयमा जर्मन अधिकारीले समेत चिन्ता ब्यक्त गरेका छन् । ट्रम्पले युरोपका नेटो सदस्य राष्ट्र अमेरिकाकै आर्थिक सहयोगमा निर्भर रहेको भन्दै चर्काे आलोचना गर्नुभएको छ । सन् २०२४ सम्ममा सबै नेटो सदस्यले आफ्नो मुलुकको कुल गार्हश्थ उत्पादनको २ प्रतिशत लगानी गर्नुपर्ने प्रस्तावमा सहमती जुट्न सकेको छैन ।  


प्रतिक्रिया