निर्वाचन सार्न ट्रम्पले गरेको प्रस्ताव रिपब्लिकनद्वारा अस्वीकार

श्रावण १६, २०७७ | एजेन्सी

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन सार्न डोनाल्ड ट्रम्पले गरेको प्रस्ताव सत्तारुढ पार्टी रिपब्लिकनले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पको एकल अधिकारमा चुनाव सर्न सक्ने कुनै सम्भावना नरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपतिले स्विकार गरेपछि दुवै सदनले चुनाव सार्ने प्रस्ताव स्विकार गर्नुपर्ने छ । हुलाकबाट गरीने मतदानमा अत्याधिक ठगिको सम्भावना रहेको ट्रम्पको भनाईछ । जसका कारण गलत नतिजा आउन सक्ने भन्दै ट्रम्पले सुरक्षीत वातावरणमा मतदानको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

अमेरिकाका अधिकांश राज्यले कोरोना भाइरसका कारण सुरक्षा सर्तकता अपनाउन हुलाक मतदानलाई प्राथमिकता दिइरहेका छन् । सन् १९३० पछिको सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गरिरहेको अमेरिकामा चुनाव हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार गर्ने ब्यवस्था छ । 


प्रतिक्रिया