अफ्गानिस्तानमा कार बम बिस्फोट १७ जनाको मृत्यु

श्रावण १६, २०७७ | एजेन्सी

अफ्गानिस्तान सरकार र तालेवानबीच भएको युद्धबिराम सम्झौता लागू हुने पूर्वसन्ध्यामा लोगर प्रान्तमा भएको आत्मघाती बम बिस्फोटमा १७ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

 इद पर्वको खरिद गर्न मानिसहरुको बजारमा भिड लागेका समयमा सुरक्षाफौजलाई लक्षित गर्दै विष्फोट भएको हो ।

मुस्लिम धर्मावलम्वीको प्रमुख चाड इद अल फिदाको अवसर पारेर आफ्गान सरकार र तालेवानबीच युद्धबिराम सम्झौता भएको थियो । सो सम्झौता आजबाट लागू हुँदैछ । 

यद्यपी तालेवानले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । इश्लामिक स्टेटले कुनै प्रतिक्रिया जनाएको छैन । 


प्रतिक्रिया