बलिउड अभिनेता अमिताभ कोरोना जितेर डिस्चार्ज

श्रावण १८, २०७७

– बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । ७७ वर्षिय बच्चनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज दिएको छोरा अभिषेक बच्चनले ट्वीट मार्फत उल्लेख गर्नु भएको छ । अभिषेक भने अस्पतालमा उपचाररत हुनुहुन्छ । बच्चन परिवारमा जया बाहेक ऐश्वर्या, आराध्या, अभिषेक र अमिताभमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वभर एक करोड ७८ लाख ५९ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ लाख ८५ हजार १ सय ७९ जनाको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ । सबै भन्दा बढी अमेरिकामा ४६ लाख २० हजार ५ सय २ जना संक्रमित भएका छन् । 

विश्वका एक करोड ५ लाख ६४ हजार २ सय ६३ जना संक्रमणमुत्त: भएर डिस्चार्ज भएका छन् । यसमध्ये सबैभन्दा धेरै ब्राजिलका २ लाख ३७ हजार ९ सय ८२ जना डिस्चार्ज भएको जोन्स् हप्किन्स् विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया