विश्वभर १ करोड ८० लाख बढीमा कोरोना संक्रमण पुष्टि

श्रावण १९, २०७७ | काठमाडौं

विश्वभर हालसम्म १ करोड ८० लाख २ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ६ लाख ८७ हजार ९ सय ३० जनाले ज्यान गुमाउँदा विश्वभर १ करोड ६ लाख ४२ हजार २ सय ५१ जना संक्रमण मुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढि ४६ लाख ६५ हजार ९ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । १४ लाख ६८ हजार ६ सय ८९ जना संक्रमण मुक्त भएका छन् । संक्रमितको सुचीमा दोश्रो स्थानमा रहेको ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा २० लाख ६२ हजार निको भएका छन् । 

१७ लाख ५० हजार बढीमा संक्रमण पुष्टि भएको भारतमा ११ लाख ४५ हजार जना संक्रमण मुक्त भएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढि छ । त्यहाँ १ लाख ५४ हजार ८ सय ४१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।


प्रतिक्रिया