अफगानिस्तानको जललावादस्थित जेलमा झडप हुँदा २९ जनाको मृत्यु

श्रावण १९, २०७७

– अफगानिस्तानको जलालवादस्थित जेलभित्र अफगान सुरक्षा बल र हतियारधारी समूहबीच झडप हुँदा २९ जनाको मृत्यु भएको छ । आतंकवादी समूह आइएसआइएलसंग संलग्न एक आत्मघाती हमला गर्ने व्यक्तिले विष्फोटक पदार्थले भरिएको गाडी जेलको प्रवेशद्वारमा लगेर राखेपछि विवाद उत्पन्न भएको थियो । 

सोही विवादका कारण भड्किएको दंगामा परि ४३ जना घाइते भएका छन् । मृत्यु हुने अधिकांश कैदीबन्दी रहेको नानगाहार प्रान्तका प्रवक्ता अतौला खोग्यानीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । दंगा भड्किएको समय पारेर दर्जनौं कैदीबन्दी जेलबाट भागेको नानगाहार प्रहरी प्रवक्ता तरेक अजीजले बताउनु भएको छ ।


प्रतिक्रिया