भारतमा पछिल्लो २४ घण्टामा ८ सय ३ जनाको मृत्यु

श्रावण २०, २०७७ | काठमाडौं

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ८ सय ३ जनाको संक्रमणका कारण ज्यान गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका हालसम्म १८ लाख ६४ हजार ५६१ जनामा संक्रमण पुष्टी भएको छ भने ३९ हजार ५७ जनाको संक्रमणकै कारण ज्यान गएको छ । 

पछिल्लो ६ दिन यता भारतमा प्रत्येक दिन ५० हजार भन्दा बढीमा संक्रमण पुष्टी हुने गरेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १२ लाख निको भएका छन् । विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ४८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख ७९ हजार नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ९८ हजार २ सय ४३ संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १७ लाख ५ हजार बढी संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया