लेबननमा उच्च प्रज्वलनशील पदार्थ विस्फोट हुँदा ७८ जनाको मृत्यु, ४ हजार घाइते

श्रावण २१, २०७७ | काठमाडौं

लेवननको राजधानी वेरुतमा उच्च प्रज्वलनशील पदार्थ एमोनियम नाईट्ेरट बिस्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ । ४ हजार बढी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अस्पतालमा बिरामी राख्ने शैय्या अपुग हुँदा घाइतेको उपचार सेवा प्रभावित भएको छ । वेरुतस्थित एक वायरहाउसमा असुरक्षित करिब ६ बर्षदेखि भण्डारण गरी राखिएको २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट विस्फोट भएको हो । विस्फोटको आवाज २ सय ४० किलोमिटर टाढाको साइप्रसस्थित टापुमा समेत सुनिएको थियो । अधिकांश व्यापारिक भवनमा क्षती पुगेका छन् । राष्ट्रपति माइकल आउनले ट्वीट गर्दै घटना अस्वभाविक भएको बताउनुभएको छ । 

विस्फोटको प्रमुख कारणबारे अनुसन्धान जारी रहेको छ । संलग्नलाई हदैसम्मको सजायको संभावना रहेको त्यहाँको सर्बोच्च अदालतको डिफेन्स काउन्सिलले जनाएको छ । राष्ट्रपति आउनले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्दै ६ करोड ६० लाख डलरको आपत्कालिन कोष स्थापना गरिएको जनाउनु भएको छ ।   


प्रतिक्रिया