अयोध्याको विवादास्पद भूमीमा राम मन्दिर बन्दै

श्रावण २१, २०७७ | काठमाडौं

भारत उत्तर प्रदेशको अयोध्यास्थित विवादास्पद भूमीमा रामन्दिरको आधारशिला स्थापना हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो १२ बजेर १५ मिनेटको साईतमा सो आधारशिला स्थापना गर्नुहुनेछ ।

सो क्रममा चाँदीले निर्मित ५ वटा इटा ३२ सेकेण्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्नेछ । मुस्लिम र हिन्दुले आ–आफ्नो क्षेत्र दाबी गर्ने भएकाले सो स्थानमा लामो समयदेखि विवाद थियो । रामको जन्मभूमी मानिएको सो स्थानमा राम मन्दिर निर्माणको एजेण्डा भारतको सत्तारुढ दलले मुख्य रुपमा उठाउँदै आएको थियो ।

सो स्थानमा रहेको १६ औं शताब्दीको प्राचीन बाबरी मस्जिद सन् १९९२ मा भत्काईपछि भएको धार्मिक दङ्गामा करिब २ हजार जनाले ज्यान गुमाएका थिए ।

भारतको सर्वोच्च अदालतले बर्षौदेखिको विवाद टुङ्गयाउदै गत बर्ष सो भूमी हिन्दुको भएको ठहर गरेपछि राम मन्दिर निर्माणका लागि बाटो खुलेको हो । सर्वोच्चले मस्जिद बनाउन मुस्लिम धर्मावलम्वीलाई अर्कै भूमी उपलब्ध गराएकोछ । 


प्रतिक्रिया