विश्वभर कोरोना संक्रमण दर बढेपछि थप सतर्कता

श्रावण ३०, २०७७

– कोभिड १९ संक्रमणको दर तीब्र बन्न थालेपछि बेलायत, न्युजिल्याण्ड, उत्तर कोरिया लगायतका मूलुकले थप सतर्कता अपनाएका छन् । बेलायतले विभिन्न मूलुकबाट फर्किने आफ्ना नागरिकलाई १४ दिन अनिवार्य क्वारिन्टन बस्न आग्रह गरेको छ । स्थानीय समय अनुसार बेलायतले शनिबार बिहान ४ बजेदेखि लागु हुने गरी फ्रान्स, नेदरल्याण्ड, मोनाको, माल्टा र टर्कीबाट फर्किने नागरिकका लागि अनिवार्य क्वारिन्टनको व्यवस्था लागु गरेको बीबीसीले उल्लेख गरेको छ । न्युजिल्याण्डमा आगामी १२ दिनसम्म निषेधाज्ञा जारी गरिएको प्रधानमन्त्री जसिन्दा आर्देनलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

दक्षिण कोरियासंग सीमा जोडिएको कासोङमा उत्तर कोरियाले तीन साताका लागि लकडाउनको घोषणा गरेको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सातवटा अफ्रिकी मूलुकले आगामी साता कोरोना भाइरस एन्टीबडीको परीक्षण शूरु गर्दैछन् ।

जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार विश्वभर २ करोड ९ लाख ५२ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ लाख ६० हजार २ सय १३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया