हुलाकबाट गरिने मतदान प्रभावकारी नहुने हुलाक सेवाको चेतावनी

श्रावण ३१, २०७७ | काठमाडौं

अमेरिकाको हुलाक सेवाले चिठी मार्फत हुने मतदान प्रभावकारी नहुन सक्ने चेतावनी दिएको छ । आगामी नोभेम्बर ३ मा गणना हुने समयसम्म चिठीमार्फत हुने मतदान संकलन नहुनसक्ने भन्दै हुलाक सेवाले यस्तो चेतावनी दिएको हो । 

निश्चित समय निर्धारण गरी चिठी पठाउनु हुलाक सेवाको मापदण्ड विपरित हुने सेवाको ठहर छ । गत महिना देखीनै अमेरिकि नागरिकले आफ्नो मत चिठीमार्फत पठाएका छन् । यो बर्ष कोरोना महामारीका कारण चिठीमार्फत मतदान गर्नेको संख्या उल्लेख्य बढ्ने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्रभावित भएर हुलाक सेवा विभागले असहयोग गरेको विपक्षीको आरोप छ । राष्ट्रपति ट्रम्पले हुलाकका मतदानमा छेडछाड हुन सक्ने भन्दै निर्वाचन केही समय सार्न गरेको प्रस्ताव यसअघि सत्तारुढ पार्टीले नै अस्वीकार गरेको थियो ।  


प्रतिक्रिया