भेनेजुएलाका लागी इन्धन ओसारिरहेका ४ वटा पानीजहाज अमेरिकाको नियन्त्रणमा

श्रावण ३१, २०७७ | काठमाडौं

भेनेजुएलाका लागी इन्धन ओसारिरहेका ४ वटा इरानी पानी जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएको छ । ११ लाख ब्यारेल इन्धन सहितका ४ वटा जहाज नियन्त्रणमा लिइएको अमेरिकाको न्याय विभागले उल्लेख गरेको छ ।

 अमेरिकाको प्रतिबन्ध उल्लघंन गर्दै इन्धन ल्याइएको वासिङटनले आरोप लगाएको छ । इरानले भने ती पानीजहाज इरान सरकार वा नागरिकको नरहेको दाबी गरेको छ । इरानको सेना सरहको संस्था इश्लामिक रेभोलुसनरी गार्डको स्वामित्वको जहाज नियन्त्रणमा लिएको दाबी अमेरिकाको छ ।

 इश्लामिक रेभोलुसनरी गार्डलाई अमेरिकाले आतंककारीको सुचीमा राखेको छ । भेनेजुएलाका लागी इरानका राजदुतले अमेरिकाले आफ्नो मुलुक विरुद्ध अनावश्यक प्रोपागाण्डा मच्चाएको आरोप लगाएका छन् । 


प्रतिक्रिया