चीनको एक कोइला खानीमा १६ मजदुरको मृत्यु

आश्विन ११, २०७७ | काठमाडौं

चीनको एक कोइला खानीमा कार्बन–मोनोअक्साइड ग्यास फैलिएपछि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिण–पश्चिमी क्षेत्रस्थित कोइला खानीमा सो दुर्घटना भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ । 

खानीभित्र अत्याधिक मात्रामा कार्बन–मोनोअक्साइड फैलिएपछि मजदुरहरु बाहिर निस्कन नसक्दा त्यही मृत्यु भएको जनाइएको छ । उद्धारकर्ताले एक जनाको भने घाइते अवस्थामा उद्धार गरेका थिए । खानीमा १७ जना रहेको प्रारम्भिक अनुमान गरिएपनि अन्य मजदुरको अवस्था भने अज्ञात छ । 


प्रतिक्रिया