अमेरिकाका राष्ट्रपति ट्रम्पले १० वर्ष यता कुनै पनि आयकर नतिरेको तथ्य सार्वजनिक

आश्विन १२, २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले १० वर्षको अवधिमा कुनै पनि आयकर नतिरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दर्ताका लागि सन् २०१६ र ०१७ मा संघीय आयकरका रुपमा ७ सय ५० डलर मात्र तिरेको द न्युयोर्क टाइम्सलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

अमेरिकामा आगामी महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार समेत रहेका ट्र्म्पको ट्याक्स नतिरेको समाचार सार्वजनिक भएपछि चुनावमा प्रभाव पर्न सक्ने देखिएको छ ।

राष्ट्रपति ट्रम्पले भने समाचारको खण्डन गर्नुभएको छ । सो समाचार प्रकाशित भएपछि राष्ट्रपति ट्रम्पले आफूले सबै कर भुक्तान गररिरहेको बताउँदै अडिट समेत भइरहेको बताउनुभएको छ । आफूले भुक्तान गरेको करका विषयमा अडिट रिपोर्ट सार्वजनिक भएपछि वास्तविकता थाहा हुने पनि उहाँको भनाई छ । 

आन्तरिक राजस्व सेवाले आफूलाई खासै राम्रो व्यवहार नगरेकाले पनि अडिट रिपोर्ट सार्वजनिक हुन समय लागेको उहाँले दाबी गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले आफुसंग जोडिएका व्यवसायको कागजपत्र सार्वजनिक नगरेको भन्दै कानुनी चुनौतीको सामना गरीरहनु भएको छ ।


प्रतिक्रिया