कोरोना निको नहुँदै राष्ट्रपति ट्रम्प चुनावी र्‍यालीमा

आश्विन २७, २०७७ | काठमाडौं

कोभिड १९ संक्रमण पुष्टि भएको २ साता नवित्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प चुनावी अभियानमा फर्कनुभएको छ । उहाँले फ्लोरिडाको सानफोर्डमा आयोजित र्‍यालीलाई सम्बोधन गर्नुभएको छ ।

र्‍यालीमा हजारौं सर्वसाधारण उपस्थित भएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पलाई ११ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । 

उहाँका नीजि चिकित्सकले गत आइतबार ट्रम्पबाट अब कोरोना सर्ने जोखिम नरहेको भन्दै सार्वजनिक कार्यक्रममा सहभािग हुनसक्ने बताएका थिए । यद्यपी ट्रम्पले सार्वजनिक स्वास्थ्यमाथि नै खेलबाड गरेको भन्दै आलोचना समेत भएको छ ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका प्रतिस्पर्धी ट्रम्प र डेमोक्रेटिक जो बाइडेनले चुनावी अभियान तीब्र पारेका छन् । बाईडेनले पनि ओहायोमा भएको चुनाव लक्षित सभालाई सम्बोधन गर्नुभएको छ । 


प्रतिक्रिया