हर्ड इम्युनिटीको अवधारणा गलत

आश्विन २७, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीको प्रतिरक्षाका लागि समुदायमा रोग संक्रमणविरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुने हर्ड इम्युनिटीको अवधारणा गलत भएको बताएको छ । 

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससले कुनै पनि समुदायमा संक्रमण निको भएर एन्टिबडी उत्पादन हुदा अन्यमा संक्रमण फैलदैन भन्ने अवधारणा गलत भएको बताउनुभयो । 

समुदायमा संक्रमण बिस्तार भइसकेको वा खोपमार्फत प्रतिरोधात्मक क्षमता विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । खोपको विकास भइनसकेको अवस्थामा कोरोना भाइरसलाई प्राकृतिक रुपमै फैलिन दिनुपर्ने तर्क कतिपयको छ ।

तर डब्लुएचओका प्रमुख टेड्रोस गेब्रेससले यस्तो अवधारणाले बैज्ञानिक र नैतिक रुपमा समस्या निम्तने बताउनुभयो । यसले मानिसलाई संक्रमणसँग थप नजिक बनाउनसक्ने उहाँको भनाई छ ।

विश्वभर हालसम्म ७ करोड ७७ लाख ३८ हजार बढीलाई संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १० लाख ७८ हजार बढीले ज्यान गुमाइसकेका छन् । 

शुरु भएको १ बर्ष हुन लाग्दा समेत खोपको विकास हुन सकेको छैन । सयौं खोप अहिले विकासका क्रममा छन् । तर कुनैले पनि अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् । 


प्रतिक्रिया